'दिल्पेश्वर क्रिकेट लिग' (डीसीएल) को तेस्रो संस्करणमा आज भएको दुई खेलमा टिम बजार टोल र टिम तल्कोटले विजयी सुरुवात गरेको हो ।
What you should know
डोटी — डोटीमा 'दिल्पेश्वर क्रिकेट लिग सिजन–३' प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
दिल्पेश्वर स्पोर्ट्स क्लबको आयोजनामा 'दिल्पेश्वर क्रिकेट लिग' (डीसीएल) को तेस्रो संस्करणमा आज भएको दुई खेलमा टिम बजार टोल र टिम तल्कोटले विजयी सुरुवात गरेको छ ।
पहिलो खेलमा के आईसिंह सलेना र टिम बजार टोलबीच भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बजार टोलले १ सय ४२ रन बनाउँदै विपक्षी टिमलाई १सय ४३ रनको लक्ष्य दिएको थियो । तर केआईसिंह सलेना हार व्यहोरेको छ ।
बजार टोलबाट धीरेन्द्र भण्डरीले २१ बल खेल्दै ७ छक्का र २ चौकाको मद्दतले ५६ रन बनाएका थिए । यस्तै, बजार टोलकै तर्फबाट कमल थापाले ३८ रन बनाए भने अरू कसैले पनि दोहोरो अंक जोड्न सकेन ।
केआईसिंह सलेना १२ ओभरमा ४ विकेट गुमाउँदै ८९ रनमा समेटिएको थियो । सलेनाबाट खेल्दै टिकाराम महतले ४ छक्का र २ चौकाको मद्दतले ३५ रन बनाएर आउट भए । र पारस महतले १३ रनमा खेलेका थिए ।
आजै भएको दोस्रो खेलमा दिल्पेश्वर मावि दिपायल र टिम तल्कोटबीच भएको थियो । जसमा टिम तल्कोटले ६३ रनको लक्ष्य पाएको थियो । तल्कोटले ९ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको छ ।
दिल्पेश्वर माविबाट नितेश नेपाली २१ रन बनाएको थियो भने अरू कसैले पनि दोहोरो अंक जोड्न सकेन ।
बजार टोलबाट अर्धशतकीय पारी खेलका धीरेन्द्र भण्डारी म्यान अफ द म्याच भएका थिए । यस्तै, दोस्रो खेलमा सुमन बलायर भएका थिए । बलायर टिमको नाममा १८ रन २ विकेट लिएका थिए ।
दिल्पेश्वर मावि र केआईसिंह सलेना नकआउट भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार राशि ट्रफी, मेडलसहित एक लाख ११ हजार एक सय ११ रहेको छ । द्वितीय पुरस्कार राशि ५१ हजार एक सय ११ रहेको छ ।
