ट्रेलमान्डु नेपालको आयोजनामा भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता डेनियलले दुई घन्टा २१ मिनेट ३२ सेकेन्ड समय लगाए ।
काठमाडौँ — केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा शनिबार डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बान पहिलो भएका छन् ।
ट्रेलमान्डु नेपालको आयोजनामा भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता डेनियलले दुई घन्टा २१ मिनेट ३२ सेकेन्ड समय लगाए ।
नेपालका दिपकमान तामाङ दुई घन्टा ३१ मिनेट २ सेकेन्ड समय लगाएर दोस्रो भए । तेस्रो हुने भरत गुरुङले दुई घन्टा ३१ मिनेट ४ सेकेन्डमा दौड पूरा गरे ।
महिलातर्फ एनीले दुई घन्टा ४५ मिनेट समयसहित सबभन्दा चाँडै दौड पूरा गरिन् । जर्मनीकी सोन्या मार्टिन (२:५८:३० सेकेन्ड) दोस्रो र आइसल्यान्डकी सोफी स्टाइनकर (३:०९:१३ सेकेन्ड) तेस्रो स्थानमा रहे ।