दुई टेस्टको सिरिजमा भारत १–० ले अगाडि छ ।
काठमाडौँ — भारतले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो दिन शुक्रबार ठोस सुरुआत गरेको छ । भारतले दिनको खेल समाप्त हुँदा दुई विकेट गुमाएर ३ सय १८ रन बनाएको छ ।
नयाँ दिल्लीको अरुण जेट्ली स्टेडियममा भारतले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो । उसका लागि ओपनर यशस्वी जयसवालले शानदार शतक बनाएका छन् । उनी १ सय ७३ रन बनाएर नटआउट छन् ।
उनले २ सय ५३ बलको सामना गरेर २२ चौका प्रहार गरेका छन् । यशस्वीलाई २० रन बनाएका कप्तान शुभमन गिलले साथ दिइरहेका छन् । त्यसबाहेक केएल राहुलले ३८ र साइ सुदर्शनले ८७ रन बनाएका छन् ।
दुई टेस्टको सिरिजमा भारत १–० ले अगाडि छ ।
