नेपाल भलिबल संघ र इम्पेरियल सेक्युरिटिजबीच शुक्रबार प्रायोजन सम्झौता भएको हो ।
काठमाडौँ — नेपाली राष्ट्रिय महिला भलिबल टिमसँग इम्पेरियल सेक्युरिटिज कम्पनी जोडिएको छ । सिनियर र जुनियर टोलीका लागि इम्पेरियलले प्रायोजन गर्ने भएको छ ।
नेपाल भलिबल संघ र इम्पेरियल सेक्युरिटिजबीच शुक्रबार प्रायोजन सम्झौता भएको छ । संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र इम्पेरियलका अध्यक्ष भक्तिराम घिमिरेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
इम्पेरियलले राष्ट्रिय महिला भलिबलको सिनियर र जुनियर टोलीको जर्सी प्रायोजन गर्नेछ । दुईवर्षे सम्झौताका इम्पेरियलले वार्षिक २० लाख प्रदान गर्नेछ । वर्षको उत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ पनि प्रदान गरिने जानकारी गराएको थियो ।
सम्झौता कार्यक्रममा महिलाको सेतो र नीलो रङको दुई जर्सी सार्वजनिक गरिएको थियो । इम्पेरियल सेयर ब्रोकर कम्पनी हो । यसअघि क्रिकेट टिमसँग नासा सेक्युरिटिज जोडिएको छ ।
