अल्जेरिया विश्वकपका लागि छनोट

अल्जेरियाले बिहीबारको खेलमा सोमालियालाई ३–० ले पराजित गरेको छ ।

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

Algeria qualified for the World Cup

काठमाडौँ — बिहीबारको खेलमा सोमालियालाई ३–० ले हराएसँगै अल्जेरिया विश्वकप २०२६ का लागि छनोट भएको छ ।

यस जितसँगै ९ खेलबाट २२ अंक जोडेको अल्जेरिया समूह ‘जी’ को शीर्ष स्थानमा छ ।

अल्जेरियालाई जित दिलाउन मोहम्मद अमौराले २ तथा रियाद महारेजले एक गोल गरे । अल्जेरिया अफ्रिकाबाट छनोट हुने चौथो टिम हो ।

यसअघि अल्जेरियाले सन् १९८२, १९८६, २०१० र २०१४ को विश्वकप खेलेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully