अल्जेरिया विश्वकपमा छनोट

यो जितसँगै ९ खेलबाट २२ अंक जोडेको अल्जेरिया समूह ‘जी’ को शीर्ष स्थानमा छ ।

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

Algeria qualified for the World Cup

काठमाडौँ — अल्जेरिया विश्वकप २०२६ का लागि बिहीबार छनोट भएको छ । यसका लागि अल्जेरियाले बिहीबारको खेलमा सोमालियालाई ३–० ले हरायो । 

यसअघि अल्लेजेरियाले सन् १९८२, १९८६, २०१० र २०१४ को विश्वकप खेलेको थियो । यस जितसँगै ९ खेलबाट २२ अंक जोडेको अल्जेरिया समूह ‘जी’ को शीर्ष स्थानमा छ ।

अल्जेरियालाई जित दिलाउन मोहम्मद अमौराले दुई तथा रियाद महारेजले एक गोल गरे । अल्जेरिया अफ्रिकाबाट छनोट हुने चौथो टिम हो ।

कान्तिपुर

Link copied successfully