इजिप्ट विश्वकपका लागि छनोट

क्यासाब्लान्कामा भएको खेलमा प्राप्त जितपछि इजिप्टले अफ्रिकी विश्वकप छनोटको समूह ‘ए’ मा पाँच अंकको निर्णायक अग्रता लिएको हो।

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

Egypt qualified for the World Cup

काठमाडौँ — लिभरपुल स्टार मोहमद सलाहले दुई गोल गरेपछि इजिप्टले बुधबार जिबुटीलाई ३–० ले पराजित गर्दै विश्वकप २०२६ का लागि छनोट भएको छ ।

क्यासाब्लान्कामा भएको खेलमा प्राप्त जितपछि इजिप्टले अफ्रिकी विश्वकप छनोटको समूह ‘ए’ मा पाँच अंकको निर्णायक अग्रता लिएको छ ।

समूहको दोस्रोमा रहेको बुरकिना फासोले अब इजिप्टलाई उछिन्न सक्ने छैन् । अफ्रिकाको विश्वकप छनोट दुई वर्ष अगाडि सुरु भएको थियो र यस म्याराथन यात्रामा ३३ वर्षीय सलाहले नौ गोल गरिसकेका छन् ।

उनले यसपल्टको खेलमा १४ र ८४ औं मिनेटमा गोल गरे । गोलको खाता भने इब्राहिम एडेलले आठौं मिनेटमा खोले । अफ्रिकाबाट अबको विश्वकपमा छनोट हुने इजिप्ट तेस्रो देश रहेको छ । यसअघि मोरक्को र ट्युनिसियाले पनि विश्वकपको टिकट काटिसकेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully