कोशी प्रदेशका ५ जिल्ला झापा, मोरङ, सुनसरी, उदयपुर र इलामका यू–२३ टोलीले भाग लिने प्रतियोगिता ट्वान्टी–२० संरचनामा खेलाइने छ । प्रतियोगिता असोज २५ देखि ३० सम्म मेची बहुमुखी क्याम्पसको मैदानमा हुनेछ ।
काठमाडौँ — विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीका लागि ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने घोषणा गरेको छ ।
कोशी प्रदेशका ५ जिल्ला झापा, मोरङ, सुनसरी, उदयपुर र इलामका यू–२३ टोलीले भाग लिने प्रतियोगिता ट्वान्टी–२० संरचनामा खेलाइने छ । प्रतियोगिता असोज २५ देखि ३० सम्म मेची बहुमुखी क्याम्पसको मैदानमा हुनेछ ।
विराटनगर किंग्सका निर्देशक दीपेन्द्र चौधरीले प्रतियोगिताको उद्देश्य युवा खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर दिनु र व्यावसायिक यात्रा सुरु गर्ने मञ्च तयार गर्नु भएको बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विराटनगर किंग्सको डेभलपमेन्ट टिममा राखिने भएको छ ।
छानिएका खेलाडीले किंग्स टिमसँगै अभ्यास गर्नुका साथै प्रशिक्षणको अवसार पाउनेछन् । उत्कृष्ट एक खेलाडीले नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सको टोलीबाट खेल्ने मौका पाउनेछन् ।