एसिया कप फुटबल छनोट : नेपाल भियतनामसँग ३-१ ले पराजित

पहिलो हाफको इन्ज्युरी टाइममा नेपालका लाकेन लिम्बूले रातो कार्ड सामना गरेपछि दोस्रो हाफ नेपालले १० खेलाडीमा खेल्नुपरेको थियो ।

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

Asia Cup Football Qualifier: Nepal lost 3-1 to Vietnam

What you should know

काठमाडौँ — नेपालले एसिया कप फुटबल छनोटको तेस्रो चरणमा बिहीबार भियतनामसँग खेलमा पराजित भएको छ । होची मिन्हको गो डाउ स्टेडियममा भएको समूह ‘एफ’ खेलमा नेपाल ३-१ ले पराजित भयो ।

नेपालले ११ मिनेटमै पहिलो गोल सामना गरेको थियो । भियतनामका न्गुयेन टिएन लिन्हले खेलाडीले नेपाली गोलरक्षक किरण चेम्जोङले कुनै मौका नदिई बक्सभित्रबाट गोल गरेका थिए ।

त्यसलाई ५ मिनेट नबित्दै नेपालले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । १७ औं मिनेटमा नेपालका रोहन कार्कीको कर्नरमा सनिश श्रेष्ठले हेड गोल गरेका गोल गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी टाइममा नेपालका लाकेन लिम्बूले रातो कार्ड सामना गरेपछि दोस्रो हाफ नेपालले १० खेलाडीमा खेल्नुपरेको थियो । बक्सभित्र भियतनामी खेलाडीलाई लडाएपछि लाकेनले सिधै रातो कार्ड पाए भने भियतनामले पेनाल्टी पाएको थियो । भियतनामका न्गुयेन हाइ लङको पेनाल्टी प्रहार गोलरक्षक किरण लिम्बूले पञ्च गरेर बचाएका थिए ।

Asia Cup Football Qualifier: Nepal lost 3-1 to Vietnamपहिलो १–१ को बराबरी रहेको खेलको दोस्रो हाफमा नेपालले दुई गोल सामना गरेको थियो । भियतनामी खेलाडीले ६७ र ७२ औं मिनेटमा गोल थपेको हो ।

समूह ‘एफ’ मा मलेसियाको ३ खेलबाट ९ अंकसहित शीर्षस्थानमा छ । टोलीको पछाडि भियतनाम ६ अंकसहित दोस्रो र लाओस ३ अंकसहित तेस्रो स्थानमा छ । त्यसपछि नेपाल अंकविहीन छ । बिहीबार नै मलेसियाले लाओसलाई ३-० ले पराजित गरेको थियो । 

यसअघि नेपालले भियतनामसँग सन् २००३ मा एसिया कप छनोटको दुवै लेगमा पराजय भोगेको थियो । नेपाली टिम ओमानमा भएको दोस्रो लेगमा २–० र दक्षिण कोरियामा भएको पहिलो लेगमा ५–० ले पराजित भएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully