विश्वकप छनोट कान्तिपुर म्याक्समा

आजबाट ओमानमा सुरु भएको छनोट प्रतियोगिताअन्तर्गत सुरुवाती २ खेलबाहेक बाँकी १९ खेल नेपालभर कान्तिपुर म्याक्सको युट्युब च्यानल तथा विश्वभर कान्तिपुर म्याक्स टेलिभिजनबाट हेर्न सकिने छ ।

आश्विन २२, २०८२

कान्तिपुर संवाददाता

World Cup Qualifiers at Kantipur Max

काठमाडौँ — आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकको संयुक्त छनोट कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

आजबाट ओमानमा सुरु भएको छनोट प्रतियोगिताअन्तर्गत सुरुवाती २ खेलबाहेक बाँकी १९ खेल नेपालभर कान्तिपुर म्याक्सको युट्युब च्यानल तथा विश्वभर कान्तिपुर म्याक्स टेलिभिजनबाट हेर्न सकिने छ

प्रतियोगिताको प्रसारण अधिकारका लागि आज एडी रिलिज र कान्तिपुर मिडिया ग्रुपबीच सम्झौतामा हस्ताक्षर भएको हो । दुवै पक्षले प्रतियोगिताको मार्केटिङ र प्रसारण अधिकारमा सहकार्य गर्ने भएका हुन् ।

छनोट प्रतियोगितामा एसियाका ९ देश सहभागी छन् । प्रतियोगिताका शीर्ष ३ टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउने छन् ।

आजको खेल हेर्न यो लिंकमा क्लिक गर्नुहोला । 

कान्तिपुर

Link copied successfully