काठमाडौं उपत्यकालाई घेर्ने पाँच प्रमुख हिमाल फुलचोकी, शिवपुरी, भस्मासुर, चन्द्रागिरि र जामाचोमध्ये एउटाको शिखरमा पुग्ने कठिन २० देखि ३० किलोमिटरको परिक्रमा केभीआर रनमा समावेश हुने गर्दछ ।
काठमाडौँ — ट्रेलमान्डु नेपालले केभीआर समिट च्यालेन्ज शनिबार आयोजना गर्ने भएको छ । यो च्यालेन्ज हरेक महिना हुने ट्रेल रनिङ प्रतियोगता हो ।
काठमाडौं उपत्यकालाई घेर्ने पाँच प्रमुख हिमाल फुलचोकी, शिवपुरी, भस्मासुर, चन्द्रागिरि र जामाचोमध्ये एउटाको शिखरमा पुग्ने कठिन २० देखि ३० किलोमिटरको परिक्रमा केभीआर रनमा समावेश हुने गर्दछ ।
ट्रेलमान्डुले दुई सत्र सम्पन्न गरिसकेको छ । आयोजकले यो वर्षको प्रतिस्पर्धामा परिवारमैत्री वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ । त्यसमा सहभागीहरू फरक–फरक दूरीमा प्रकृतिको मज्जा लिँदै दौडन वा पैदल यात्रा गर्न सक्छन् ।
यो वर्षको पहिलो रेसमा अमेरिका, जापान, फ्रान्स, नर्वे, भारतलगायत १३ देशका ८० भन्दा बढी धावकले हालसम्म दर्ता गरिसकेको आयोजकले जनाएको छ ।
रेस निर्दर्शेक आशिष मिश्रका अनुसार रेसको सम्पूर्ण तयारी पूरा भइसकेको छ । यो प्रतियोगितालाई सकेसम्म रमाइलो, प्रतिस्पर्धात्मक र प्रेरणादायी बनाउने प्रयास गरेको उनले बताए ।
यो सत्रमा केभीआर समिट च्यालेन्जसमा ५ चरण हुनेछ । रेस १ सन् २०२५ अक्टोबर ११, रेस २ नोभम्बर ८, रेस ३ डिसेम्बर ८, रेस ४ २०२६ को जनवरी १० र रेस ५ फेब्रुअरी १ मा हुनेछ ।