रामपुरको मटेरीमा एलजी रामपुरले डेडगाउँ फुटबल क्लब नवलपुरलाई ९–० ले हरायो ।
पाल्पा — प्रथम लालीगुराँस कप राष्ट्रिय यू–१९ राष्ट्रिय फुटबल प्रतियोगितामा मंगलबार एलजी एसोसिएसन (रातो), भगवती युवा र फ्रेन्ड्स क्बल क्वाटरफाइनलमा पुगेका छन् ।
रामपुरको मटेरीमा एलजी रामपुरले डेडगाउँ फुटबल क्लब नवलपुरलाई ९–० ले हरायो । एलजीका सुनिल थापा प्लेयर अफ द म्याच भए । भगवती युवाले भूपूचोक क्लब भगवतीका दानबहादुर बुढा प्लेयर अफ द म्याच भए ।
फ्रेन्ड्स क्लबले मकवानपुरमाथि पेनाल्टी सुटआउटमा ६–५ को जित पायो । निर्धारित समयमा दुवै समूहबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको हो । फ्रेन्ड्सका अस्मिर गोम्बा प्लेयर अफ द म्याच भए । बुधबार चार खेल हुनेछ ।
