सेभियासँग बार्सिलोनाको अविश्वसनीय हार

नयाँ सिजनको पहिलो लिग हारपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा रह्यो ।

आश्विन २०, २०८२

कान्तिपुर संवाददाता

Barcelona's incredible loss to Sevilla

काठमाडौँ — स्पेनी च्याम्पियन बार्सिलोनाले ला लिगामा आइतबार सेभियासँग ४–१ को अविश्वसनीय हार बेहोरेको छ । बार्सिलोनाका लागि उसकै पूर्व खेलाडी एलेक्स सान्चेजले एक गोल गरे भने रोबर्ट लेवनडोस्की पेनाल्टीबाट गोल गर्न पनि चुके ।

नयाँ सिजनको पहिलो लिग हारपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा रह्यो । रियल म्याड्रिड २१ अंकमा शीर्ष छ भने बार्सिलोना १९ अंकमा सीमित रह्यो । आइतबारको अर्को महत्त्वपूर्ण खेलमा एटलेटिको म्याड्रिड सेल्टा भिगोसँग १–१ को बराबरीमा रोकियो ।

एटलेटिकोको १३ अंक भएको छ र पाँचौं स्थानमा रहेको छ । अन्य खेलमा रियल बेटिसले इस्पनयोललाई २–१ ले हरायो भने राया भालेकानोले रियल सोसिडाडलाई १–० ले पराजित गर्‍यो । बेटिस १५ अंकमा चौथो स्थानमा छ ।

कान्तिपुर

Link copied successfully