रियलको जितमा भिनिसियसको दुई गोल

यो जितसँगै रियल आठ खेलबाट २१ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

Two goals from Vinicius in Real's win

काठमाडौँ — भिनिसियस जुनियरले गरेको दुई गोलको मद्दतले रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा भिल्लारियललाई ३–१ ले हराएको छ र फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । रियलको आठ खेलबाट २१ अंक भएको छ ।

एक खेल कम खेलेर दोस्रोमा रहेको बार्सिलोनाको १९ अंक छ । बर्नाबाउमा भएको खेलमा भिनिसियसले ४७ र ६९ औं मिनेटमा गोल गरे । त्यसमध्ये दोस्रो गोल पेनाल्टीबाट भएको थियो । केयलिन एमबापेले ८१ औं मिनेटमा अर्को गोल गरे ।

दस खेलाडीमा सीमित भिल्लारियलका लागि जर्गेस मिकाटाड्जले एक गोल फर्काए । अन्य खेलमा एथलेटिको बिलबाओले रियल मार्लोकालाई २–१, गिरोनाले भ्यालेन्सियालाई २–१ र लेभान्टेले यिल ओभिएडोलाई २–० ले हराएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully