भियतनामको सामना गर्ने राष्ट्रिय टिमको घोषणा

मुख्य प्रशिक्षक म्याट रसले अन्तिम २३ खेलाडीको सूची जारी गरेका हुन् ।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

The announcement of the national team to face Vietnam

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले भियतनामको सामना गर्न लागेको नेपाली राष्ट्रिय टिमको आइतबार घोषणा गरेको छ । मुख्य प्रशिक्षक म्याट रसले अन्तिम २३ खेलाडीको सूची जारी गरेका हुन् ।

त्यसमा अभिषेक लिम्बू, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेनजन, जिलेप्सीजंग कार्की र कप्तान किरण लिम्बू छन् ।

यस्तै टिममा कृतिशरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डांगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन् ।

नेपालले भियतानविरुद्धका दुवै खेल उसकै घरेलु मैदानमा खेल्न लागेको हो । त्यसमध्ये पहिलो खेल असोज २३ मा हुनेछ भने दोस्रो खेल २८ मा हुनेछ ।

कान्तिपुर

Link copied successfully