लिभरपुल हारेपछि आर्सनल शीर्षमा

इंग्लिस प्रिमियर लिगमा चेल्सीले शनिबार लिरभपुललाई २–१ ले पराजित गरेसँगै आर्सनल लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको हो।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

Arsenal top after Liverpool defeat

काठमाडौँ — स्टेभाओले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा गरेको गोलको मद्दतले चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार लिरभपुललाई २–१ ले पराजित गरेको छ । यस नतिजासँगै आर्सनल लिग तालिकाको शीर्ष स्थानमा कायम रह्यो ।

आर्सनलले यसअघि वेस्ट ह्यामलाई २–० ले हराएको थियो । आर्सनलको सात खेलबाट १६ अंक छ भने लिभरपुल एक अंक पछाडि छ । चेल्सी भने ११ अंकमा छैटौं स्थानमा रह्यो ।

स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले मोइस काइसेडोको गोलले अग्रता लिएको थियो । त्यसपछि कोडी गाक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

शनिबारका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले सन्डरल्यान्डलाई २–० र टोटनहमले लिड्स युनाइटेडलाई २–१ ले पराजित गर्‍यो ।

कान्तिपुर संवाददाता

Link copied successfully