फुलहमलाई हराएर बर्नमाउथ दोस्रोमा

पुनर्आगमनमा प्राप्त यो जितपछि बर्नमाउथको सात खेलबाट १४ अंक भएको छ ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

Bournemouth into second after beating Fulham

काठमाडौँ — एन्टोन सेमेन्योको दुई गोलको मदतले बर्नमाउथले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई शुक्रबार राति ३–१ ले पराजित गरेको छ र लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

पुनर्आगमनमा प्राप्त यो जितपछि बर्नमाउथको सात खेलबाट १४ अंक भएको छ ।

शीर्षमा रहेको लिभरपुलसँग यो एक अंकको दूरी हो । फुलहमले भने आठ अंकमा आठौं स्थानमा रह्यो । भिटालिटी स्टेडियममा फुलहमले रायन सेसगेननको गोलले अग्रता लिएको थियो ।

त्यसपछि लयमा रहेको बर्नमाउथका लागि सेमेन्योले दुई गोल गरे भने जस्टिन क्लुभर्टले एक अर्को गोल गरे । यी तीनै गोल खेलको अन्तिम १२ मिनेटमा सम्भव भएका हुन् ।

कान्तिपुर

Link copied successfully