भिल्लाको लगातार दोस्रो जित

दोस्रो हाफको दुई गोलको मद्दतले उसले फायनउडमाथि २–० को महत्त्वपूर्ण जित रचेको हो ।

आश्विन १७, २०८२

कान्तिपुर संवाददाता

Villa's second win in a row

काठमाडौँ — एस्टन भिल्लाले युरोपा लिगमा बिहीबार लगातार दोस्रो जित निकालेको छ । दोस्रो हाफको दुई गोलको मद्दतले उसले फायनउडमाथि २–० को महत्त्वपूर्ण जित रचेको हो । त्यसमा एमी बुन्डिया र जोन म्याक गिनले एक एक गोल गरे ।

भिल्लाले सिजनको सुरुवाति छ खेलमध्ये कुनैमा जित हात पार्न सकेको थिएन। तर अहिले उनई एमरीको टिमले लगातार तीन जित आत्मसात् गरेका छ ।

यससँगै भिल्ला दुई खेलबाट छ अंक भएको छ । सुरुआती दुई चरणका खेलपछि सात टिम छ अंकमा रहेका छन् । बिहीबारका अन्य प्रमुख खेलमा लिलले रोमालाई १–०, ब्रागले सेल्टिकलाई २–०, फेनाबाचेले निसलाई २–१, बासेलले स्टुटगार्टलाई २–० र लियोनले साल्सबर्गलाई २–० ले हरायो ।

कान्तिपुर

Link copied successfully