वेस्ट इन्डिजविरुद्धको खेलमा भारतको अग्रता २ सय ८६ रन

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले आफ्नो पहिलो इनिङ्समा १ सय ६२ रन मात्र बनाएको थियो ।

आश्विन १७, २०८२

कान्तिपुर संवाददाता

India lead by 286 runs in the match against West Indies

काठमाडौँ — भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको दोस्रो दिन शुक्रबार आफ्नो स्थिति अझ बलियो बनाएको छ । दिनको खेल समाप्त हुँदा भारतले आफ्नो पहिलो इनिङ्समा पाँच विकेटमा ४ सय ४८ रन बनाएको छ र यो २ सय ८६ रनको अग्रता हो ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा रवीन्द्र जडेजा १ सय ४ र वासिङ्टन सुन्दर नौ रनमा खेलिरहेका छन् । भारतका लागि जडेजासँगै तीन ब्याटरले आ–आफ्नो शतक बनाए ।

त्यसमध्ये ओपनर केएल राहुलले सय रन बनाए भने ध्रुव जुरेलले १ सय २५ रन बनाए । यस्तै, कप्तान शुभमन गिलले ५० रन जोडे । जुरेलले जडेजासँग मिलेर पाँचौं विकेटका लागि २ सय ६ रनको साझेदारी गरे ।

पूरा दिन वेस्ट इन्डिजको बलिङ धारिलो रहेन र तीन विकेट मात्र लिन सफल रह्यो । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले आफ्नो पहिलो इनिङ्समा १ सय ६२ रन मात्र बनाएको थियो ।

कान्तिपुर

Link copied successfully