एरिकाले जितिन् कराँते वान सिरिजमा स्वर्ण

एरिकाले ६८ केजी तौल समूहको फाइनलमा साक्नी तेस्मिनलाई २–० ले पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् ।

आश्विन १७, २०८२

कान्तिपुर संवाददाता

Erica won gold in Karate One Series

काठमाडौँ — नेपाली कराँते खेलाडी एरिका गुरुङले शुक्रबार मलेसियाको क्वाललम्पुरमा भइरहेको कराँते वान सिरिजमा स्वर्ण पदक जितेकी छिन् ।

विश्व कराँतेमा नेपाली खेलाडीको यो ऐतिहासिक सफलता हो ।

एरिकाले ६८ केजी तौल समूहको फाइनलमा साक्नी तेस्मिनलाई २–० ले पराजित गरेकी हुन् । यो प्रतियोगिता विश्व कराँते महासंघको आधिकारिक प्रतियोगिता हो ।Erica won gold in Karate One Series

उनले सेमिफाइनलमा हाकाभो अल्माल्जीलाई पराजित गरेकी थिइन् । एरिकाले हानचाउ एसियाली खेलकुदमा पनि नेपालका लागि रजत पदक जितेकी थिइन् । 

कान्तिपुर

Link copied successfully