प्यालेसको विजयी सुरुआत

प्यालेसले डायनामो किभलाई २–० ले पराजित गरेको हो

आश्विन १७, २०८२

कान्तिपुर संवाददाता

A winning start for Palace

काठमाडौँ — लयमा रहेको इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले बिहीबार यूईएफए कन्फ्रेन्स लिगमा विजयी सुरुआत लिएको छ । उसले डायनामो किभलाई २–० ले पराजित गरेको हो ।

प्यालेसले ड्यानिएल मुनोजको गोलले अग्रता लिएपछि एडि एनकेटिहले दोस्रो गोल थपे । सबै प्रतियोगितामा गरेर प्यालेसको अपराजित यात्राले कीर्तिमान १९ खेल पनि छोएको छ ।

प्यालेसले खेलको अन्तिम १५ मिनेट दस खेलाडीमा सीमित रहेर खेलेको थियो । बोरनो सोसा दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे । युक्रेनमा युद्ध चलिरहेको हुनाले किभले यो खेल पोल्यान्डको भूमिका खेलेको थियो ।

अन्य प्रमुख खेलमा साख्तर डोनेस्कले एबरनडेनलाई ३–२, फियोरेन्टिनाले सिग्मालाई २–०, स्पार्टक प्रागले सारोकलाई ४–१ र रायो भाल्कानोले सकेनजालाई २–० ले हरायो । 

कान्तिपुर

Link copied successfully