नेपालको कमजोर ब्याटिङ, १२२ रनमा अलआउट

नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको हो ।

आश्विन १४, २०८२

कान्तिपुर संवाददाता

Nepal's poor batting, all out for 122 runs

काठमाडौँ — नेपालले मंगलबार तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा वेस्टइन्डिजलाई १ सय २३ रनको लक्ष्य दिएको छ ।

यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको हो ।

कुशल भूर्तेलले ३९, कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४, कुशल मल्लले १२ र गुलशन झाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो संख्यामा रन बनाउन सकेनन् । 

वेस्ट इन्डिजका रामोन सिमन्ड्सले सर्वाधिक चार विकेट लिए। जेडाया ब्लेड्सको दुई तथा अकिल हुसैन र जेसन होल्डरका नाममा समान एक/एक विकेट रह्यो।

नेपालले सोमबार भएको दोस्रो खेलमा ९० रनले र शनिबार भएको पहिलो खेलमा दुई पटकको ट्वान्टी–२० विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully