लाजियोको सिजनको दोस्रो जित

लाजियोले जेनोआलाई उसकै घरमा सजिलै ३–० ले पराजित गर्‍यो ।

आश्विन १४, २०८२

कान्तिपुर संवाददाता

Lazio's second win of the season

काठमाडौँ — लाजियोले इटालीको सिरी ‘ए’ मा सोमबार यो सिजनको दोस्रो जित निकालेको छ । यसका लागि लाजियोले जेनोआलाई उसकै घरमा सजिलै ३–० ले पराजित गर्‍यो ।

लुइगी फेरिस स्टेडियममा लाजियोका लागि म्याटेओ क्यान्सेलेरी र भ्लालेन्टिन कास्टेलानोसले पहिलो हाफमा एक एक गोल गरे । त्यसपछि दोस्रा हाफमा म्याटिआ जाकाग्नीले तेस्रो गोल थपे ।

यो जितपछि लाजियो पाँच खेलबाट छ अंकमा १२ औं स्थानमा उक्लिन सफल रह्यो । जेनोआ भने पाँच खेलबाट दुई अंकमै सीमित रहेर १९ औं स्थानमा रह्यो । 

कान्तिपुर

Link copied successfully