मिलानसँग नेपोलीको हार

खेलको आधा घण्टा दस खेलाडीमा सीमित रहेर खेले पनि मिलानले यो जित निकालेको हो ।

आश्विन १३, २०८२

कान्तिपुर संवाददाता

Napoli's loss to Milan

काठमाडौँ — एसी मिलानले इटालीको सिरी ए मा नेपोलीलाई आइतबार २–१ ले पराजित गरेको छ र यसक्रममा आफू उपाधिको दावेदार भएको प्रमाणित गरेको छ ।

खेलको आधा घण्टा दस खेलाडीमा सीमित रहेर खेले पनि मिलानले यो जित निकालेको हो ।

सानसिरोमा भएको खेलमा मिलानका लागि एलेक्स सिलेमेकर्सले तेस्रो तथा क्रिस्टियान पुलिसिचले ३१ औं मिनेटमा गोल गरे । नेपोलीका तर्फबाट केभिन डे ब्रुएनाले ६० औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काए । यो जितपछि मिलान पाँच खेलबाट १२ अंकमा शीर्ष स्थानमा उक्लेको छ ।

नेपोली भने १२ अंकमै दोस्रो स्थानमा झरेको छ । रोमा पनि १२ अंकमै तेस्रो स्थानमा छ । रोमाले अर्को खेलमा हेलास भेरोनालाई २–० ले हरायो । 

कान्तिपुर संवाददाता

Link copied successfully