यो दोस्रो स्थानमा झरेको रियल म्याड्रिडमाथि एक अंकको अग्रता हो ।
काठमाडौँ — बार्सिलोनाले रियल सोसिडाडमाथि २–१ को जित रच्दै स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । यो जितपछि बार्सिलोनाको सात खेलबाट १९ अंक भएको छ ।
यो दोस्रो स्थानमा झरेको रियल म्याड्रिडमाथि एक अंकको अग्रता हो । सोसिडाडले पहिलो हाफमा अल्भारो ओड्रिजोलाको गोलले अग्रता लिएपछि बार्सिलोनाले पुनर्आगमन गरेको हो ।
क्याटलान क्लबका लागि जुलेस कोन्डे र रोबर्ट लेवनडोस्कीले गोल गरे । आइबारकै अर्को खेलम रियल बेटिसले ओसासुनालाई २–० ले हरायो । बेटिसको १२ अंक भएको छ र छैटौं स्थानमा उक्लेको छ ।
