पुनर्आगमन जित रच्दै आर्सनल दोस्रोमा

सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युकासलले निक वाल्टमेडको गोलले ३४ औं मिनेटमा अग्रता लिएपछि जिततर्फ अग्रसर देखिएको थियो । तर आर्सनल खेलको अन्त्यतिर दुई गोल गर्न सफल रह्यो ।

आश्विन १३, २०८२

कान्तिपुर संवाददाता

Arsenal second with comeback win

काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार न्युकासल युनाइटेडमाथि २–१ को पुर्नआगमन जित रचेको छ र लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युकासलले निक वाल्टमेडको गोलले ३४ औं मिनेटमा अग्रता लिएपछि जिततर्फ अग्रसर देखिएको थियो । तर आर्सनल खेलको अन्त्यतिर दुई गोल गर्न सफल रह्यो ।

मिखेल मेरिनोले ८४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ग्याब्रिएलले दोस्रो हाफको इन्ज्युरी समयको छैटौं निर्णायक गोल गरे ।

यो जितपछि आर्सनलको छ खेलबाट १३ अंक भएको छ र यो शीर्षमा रहेको लिभरपुलसँग दुई अंकको दूरी मात्रै हो । 

कान्तिपुर

Link copied successfully