नयाँ सिजन लिगमा भिल्लाको यो पहिलो जित हो । फुलहम भने आठ अंकमै सीमित रहेर दसौं स्थानमा रह्यो ।
काठमाडौँ — एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा आइतबार फुलहमलाई ३–१ ले पराजित गरेको छ । भिल्ला पार्कमा भएको खेला घरेलु टिमले एक गोलले पछाडि रहेको स्थितिबाट यो शानदार जित निकालेको हो ।
फुलहमले तेस्रो मिनेटमै राउल जिमेनेजको गोलले अग्रता लिएको थियो । ओली वाट्किन्सनले ३७ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि जोन म्याकगिनले ४९ र इमि बुन्डियाले ५१ औं मिनेटमा गोल गरे ।
यो जितसँग भिल्लाको छ अंक भएको छ र रेलिगेसन क्षेत्र छाडेको छ । नयाँ सिजन लिगमा भिल्लाको यो पहिलो जित हो । फुलहम भने आठ अंकमै सीमित रहेर दसौं स्थानमा रह्यो ।
