बिलबाओलाई हराएर भिल्लारियल तेस्रोमा

मोलेरोले खेलको ७७ औं मिनेटमा गोल गरे र यससँगै भिल्लारियलका १६ अंक भएको छ ।

आश्विन १२, २०८२

कान्तिपुर संवाददाता

Villarreal beat Bilbao to third

काठमाडौँ — अल्बर्टो आलेरोले गरेको एक मात्र गोलको मद्दतले भिल्लारियलले आइतबार स्पेनी ला लिगामा एथलेटिको बिलबोआलाई १–० ले हराएको छ र अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ ।

मोलेरोले खेलको ७७ औं मिनेटमा गोल गरे र यससँगै भिल्लारियलका १६ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग तीन अंकको दूरी हो । यसअघि रियल आफ्नो छिमेकी प्रतिद्वन्द्वी एटलेटिको म्याड्रिडसँग ५–२ ले पराजित भएको थियो ।

यससँगै रियलको लिगमा शतप्रतिशत सुरुआतमा पूर्ण विराम लागेको थियो । यो नतिजाले अब दोस्रो स्थानमा रहेको बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने अवसर हुनेछ । 

कान्तिपुर

Link copied successfully