असोज मसान्तसम्मका लागि अर्लीबर्ड दर्ता अन्तर्गत हरेक दर्ता शुल्कमा २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।
काठमाडौँ — मंसिर ६ गते शनिबार हुने धारा नेपालगन्ज म्याराथनको ११औं संस्करणका लागि आइतबारदेखि दर्ता खुला गरिएको छ । असोज मसान्तसम्मका लागि अर्लीबर्ड दर्ता अन्तर्गत हरेक दर्ता शुल्कमा २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।
यस वर्ष म्याराथन ४२.१९५ किमी पुरुष खुल्ला, हामफ म्याराथन २१.०९७ किमी पुरुष तथा महिला खुल्ला, १० किमी पुरुष तथा महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा (बाँके जिल्लास्तरीय), ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा (बाँके जिल्ला बाहिरका), ५ किमी कर्पोरेट रन, ३ किमी किड्स रन (८ देखि १२ वर्ष उमेर समूह), ३ किमी अभिभावक फन रन (सबै पेसा एवं व्यवसायका दौड्न मिल्ने), ३ किमी ह्वीलचेयर रन समावेश गरिएको छ ।
वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यताप्राप्त नेपालको सहज रुट मानिने धारा नेपालगन्ज म्याराथन, हाफ म्याराथन र र १० किमीतर्फ शीर्ष दश जनालाई नगदसहित पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी ५ किमीमा शीर्ष पाँच जनालाई र ३ किमीतर्फ शीर्ष तीन जनालाई नगदसहित पदक, प्रमाणपत्रले पुरस्कृत गरिनेछ । नगद पुरस्कारका बारेमा चाँडै घोषणा गरिनेछ ।
