युभेन्ट्सलाई एटलान्टाको बराबरी धक्का

डिफेन्डिङ च्याम्पियन नेपोली चार खेलबाट १२ अंकमा शीर्षमा छ । दस खेलाडीमा सीमित एटलान्टाले कमालादिन सुलेमानको गोलले अग्रता लिएको थियो ।

आश्विन १२, २०८२

कान्तिपुर संवाददाता

Atalanta draw Juventus

काठमाडौँ — इटालीको सिरी ए मा युभेन्ट्सले शनिबार एटलान्टासँग १–१ को बराबरी खेलेको छ ।

यो नतिजाले युभेन्ट्स शीर्ष स्थानमा उक्लिन असफल रह्यो । उसको पाँच खेलबाट ११ अंक छ ।

डिफेन्डिङ च्याम्पियन नेपोली चार खेलबाट १२ अंकमा शीर्षमा छ । दस खेलाडीमा सीमित एटलान्टाले कमालादिन सुलेमानको गोलले अग्रता लिएको थियो ।

त्यसपछि जुवान काबललले युभेन्ट्सका लागि बराबरी गोल फर्काए । आइतबारको अर्को खेलमा भने इन्टर मिलानले कागलिरीलाई २–० ले हरायो । त्यसमा लउतारो मार्टिनेज र फ्रान्सिस्को इस्पोसिटोले गोल गरे । 

कान्तिपुर

Link copied successfully