आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार २३ गते सुरु गरेर २९ गते समापन गर्ने गरीको तयारी रहेको छ ।
ताप्लेजुङ — जिल्लाबाट सञ्चालित दोस्रो ठूलो प्रतियोगिताको रुपमा रहेको सिरिजङ्गा गोल्डकपको पाँचौं संस्करण मंसिर २३ देखि हुने भएको छ ।
सदरमुकाम फुङलिङदेखि तीन घण्टाको दूरीमा रहेको सिरिजङगा गाउँपालिकाको केन्द्र तेल्लोकमा यो प्रतियोगिता हुँदै आएको छ ।
आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार २३ गते सुरु गरेर २९ गते समापन गर्ने गरीको तयारी रहेको छ । यसमा भारत र नेपालका नाम चलेका क्लबलाई निमन्त्रणा गर्ने तयारी आयोजकको छ ।
राष्ट्रिय र अन्तराष्ट्रिय सहित ८ टिमको सहभागिता रहने आयोजकले बताएका छन् ।
