भारत यसअघि नै फाइनल पुगिसकेको छ र उसले अब आइतबार हुने उपाधिको भिडन्तमा पाकिस्तानको सामना गर्नेछ ।
काठमाडौँ — भारतले ट्वान्टी ट्वान्टी एसियाकप २०२५ को शुक्रबार राति भएको सुपर फोरको अन्तिम खेलमा श्रीलंकालाई सुपर ओभरमा पराजित गरेको छ।
भारत यसअघि नै फाइनल पुगिसकेको छ र उसले अब आइतबार हुने उपाधिको भिडन्तमा पाकिस्तानको सामना गर्नेछ ।
दुबईमा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय २ रन बनाएको थियो ।
त्यसमा अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए भने तिकल वर्माले ४९ रनको योगदान गरे । जवाफमा श्रीलंकाले पनि पाँच विकेटमा २ सय २ रन बनाएको थियो ।श्रीलंकाको यो प्रदर्शनमा ओपनर पथुम निसान्का नायक रहे र उनले शानदार १ सय ७ रन बनाए । उनले ५८ बलको मात्र सामना गरेर सात चौका र छ छक्का प्रहार गरे । उनको यो पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शतक हो । उनी नै प्लेयर अफ द म्याच पनि बने ।
तर उनको यो प्रदर्शन जितका लागि भने पर्याप्त रहेन् । अर्सदीप सिंहको सुपर ओभरमा श्रीलंकाले दुई रन मात्रै बनाउन सक्यो । भारतका लागि सूर्यकुमार यादवले प्रतिउत्तरमा पहिलो बलमै जितका लागि आवश्यक रन बनाए ।
