केनको कीर्तिमान गोलमा बायर्न विजयी

बायर्नको पाँच खेलबाट १५ अंक भएको छ । केनले ४५ र ६५ औं मिनेटमा गोल गरे ।

आश्विन ११, २०८२

कान्तिपुर संवाददाता

Bayern win thanks to Kane's record goal

काठमाडौँ — ह्यारी केनको दुई गोलको मदतले बायर्न म्युनिकले शुक्रबार राति जर्मन बुंडेसलिगामा वेडर ब्रेमनलाई ४–० ले पराजित गरेको छ र यससँगै उसको शतप्रतिशत सुरुआत कायम रह्यो ।

बायर्नको पाँच खेलबाट १५ अंक भएको छ । केनले ४५ र ६५ औं मिनेटमा गोल गरे । यससँगै बायर्नका लागि उनको गोल संख्या सय पुगेको छ । उनले यसका लागि १ सय ४ खेल मात्र खेलेका छन् ।

युरोपका प्रमुख पाँच लिगमध्ये केन सबैभन्दा कम खेलेर सय गोल गर्ने कीर्तिमानी खेलाडी बनेका छन् । यसअघि क्रिस्टियानो रोनाल्डो र इर्लिङ हालान्डले १ सय ५ खेल खेलेर सय गोल गरेका थिए ।

यसपल्टको बुंडेसलिगामा केनले लिगका प्रत्येक खेलमा औसत दुई गोल गरिरहेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully