ओभिएडोमाथि बार्सिलोनाको पुनर्आगमन जित

यो जितपछि बार्सिलोनाको छ खेलबाट १६ अंक भएको छ र दोस्रो स्थानमा छ । रियल म्याड्रिड समान खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ ।

आश्विन १०, २०८२

कान्तिपुर संवाददाता

Barcelona's comeback win over Oviedo

काठमाडौँ — रोबर्ट लेवनडोस्की र रोनाल्ड आराहोउको गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा बिहीबार रियल ओभिएडोमाथि पुर्नआगमन ३–१ को जित रचेको छ ।

ओभिएडोले अल्बर्टो रेनाको गोलले अग्रता लिएपछि बार्सिलोनाका लागि एरिक गार्सियाले बराबरी गोल फर्काए । त्यसपछि लेवनडोस्की र आराहोउले गोल गरेका हुन् ।

यो जितपछि बार्सिलोनाको छ खेलबाट १६ अंक भएको छ र दोस्रो स्थानमा छ । रियल म्याड्रिड समान खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ ।

ओभिएडो भने तीन अंकमा सीमित रहेर रेलिगेसन क्षेत्रमा रहेको छ । बिहीबारको अर्को खेलमा ओसासुना र एल्चेले १–१ को बराबरी खेलेका छन् । 

कान्तिपुर

Link copied successfully