आर्सनलको जितमा इबेरची इज र लियोन्ड्रो ट्रोसार्डले एक एक गोल गरे ।
काठमाडौँ — इंग्लिस लिग कपमा बुधबार भएको तेस्रो चरणको खेलमा ठूला सबै टिम विजयी रहेका छन् ।
त्यसमध्ये आर्सनलले पोर्ट भेललाई र म्यानचेस्टर सिटीले हडर्ससफिल्ड टाउनलाई समान २–० ले हरायो ।
आर्सनलको जितमा इबेरची इज र लियोन्ड्रो ट्रोसार्डले एक एक गोल गरे । सिटीका लागि भने फिल फोडेन र साभिओले गोल गरेका हुन् ।
यस्तै अन्य खेलमा न्युकासल युनाइटेडले ब्राडफोर्ड सिटीलाई ३–० र टोटनहमले डोन्कास्टर्स रोभर्सलाई ३–० ले पराजित गरेको छ ।
