महिला राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा नवीन न्यौपाने 

पूर्व राष्ट्रिय खेलाडी नवीनले यसअघि पुरुष टिमको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

Naveen Neupane as coach of women's national football team

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा बिहीबार नवीन न्यौपानेलाई नियुक्त गरेको छ ।

उनी सन् २०२६ को साफ वुमेन्स च्याम्पियनसिपसम्म राष्ट्रिय टिमको प्रशिक्षक रहनेछन् । पूर्व राष्ट्रिय खेलाडी नवीनले यसअघि पुरुष टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।

एन्फाले नवीनको सहायकमा भगवती थापा र राजकुमार केसीलाई नियुक्त गरेको छ ।

कान्तिपुर

Link copied successfully