एटलेटिको जितमा अल्भारेजको ह्याट्रिक

लिगका छ खेलमध्ये एटलेटिकोयो यो दोस्रा जित मात्रै हो । यो नतिजापछि एटलेटिको नवौं स्थानमा उक्लेको छ ।

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

Alvarez hat-trick in Atletico win

काठमाडौँ — जुलियन अल्भारेजको ह्याट्रिकको मदतले एटलेटिको म्याड्रिडले बुधबार स्पेनी ला लिगामा रायो भाल्कानोमाथि ३–२ को जित निकालेको छ ।

खराब लयबाट गुज्रिरहेको एटलेटिकोका लागि यो जितले राहत दिनेछ । भाल्कानोविरुद्ध पनि एक गोलले पछाडि रहेको स्थितिबाट एटलेटिको विजयी रहेको हो । 

लिगका छ खेलमध्ये एटलेटिकोयो यो दोस्रा जित मात्रै हो । यो नतिजापछि एटलेटिको नवौं स्थानमा उक्लेको छ ।

अर्को खेलमा रियल सोसिडाडले रियल मार्लोकालाई १–० ले हरायो । खेलको एक मात्र गोल मिकेल ओयारजाबलले दोस्रो हाफको सुरुमै गरे । 

कान्तिपुर

Link copied successfully