रियलको लगातार छैटौं जित

रियलका लागि भिनिसियस जुनियर र फ्रान्को मास्टानटुनोले पनि एक एक गोल गरे ।

आश्विन ८, २०८२

कान्तिपुर संवाददाता

Real's sixth win in a row

काठमाडौँ — केयलिन एमबापेले दुई गोल गरेपछि रियल म्याड्रिडले मंगलबार स्पेनी ला लिगमा आफ्नो प्रभावशाली सुरुआत कायम राख्दै लेभान्टेलाई सजिलै ४–१ ले हराएको छ । लिगमा रियलको यो लगातार छैटौं जित हो ।

उसको १८ अंक भएको छ र आरामदायी स्थितिमा लिग तालिकाको शीर्ष स्थानमा छ । रियलका लागि भिनिसियस जुनियर र फ्रान्को मास्टानटुनोले पनि एक एक गोल गरे । गेटाफेका लागि इटा इयोङले एक गोल फर्काए ।

हारपछि गेटाफे नौ अंकमा आठौं स्थानमा छ । मंगलबारको अर्को खेलमा भिल्लारियलले सेभियालाई २–१ ले हराएको छ । त्यसमा मानोर सोलोमनले ८६ औं मिनेटमा निर्णायक गोल गरे ।

यससँगै भिल्लारियल १३ अंकमा तेस्रो स्थानमा उक्लेको छ । सेभिया सात अंकमा दसौं स्थानमा रह्यो ।

कान्तिपुर

Link copied successfully