पहिले ब्याटिङ गरेको श्रीलंकाले आठ विकेटमा १ सय ३३ रन बनाएको थियो ।
काठमाडौँ — पाकिस्तानले ट्वान्टी ट्वान्टी एसियाकप २०२५ को सुपर–फोरको खेलमा मंगलबार राति श्रीलंकालाई पाँच विकेटले पराजित गरेको छ ।
यससँगै पाकिस्तानको फाइनल प्रवेशको सम्भावना कायम रह्यो । पहिले ब्याटिङ गरेको श्रीलंकाले आठ विकेटमा १ सय ३३ रन बनाएको थियो ।
त्यसको जवाफमा पाकिस्तानले पाँच विकेटमा १ सय ३८ रन बनायो । पाकिस्तान जितसम्म पुग्दा दुई ओभरको खेल बाँकी थियो ।
यो जितपछि पाकिस्तानको दुई खेलबाट दुई अंक भएको छ । यसअघि पाकिस्तान भारतको हातबाट विवादास्पद खेलमा पराजित भएको थियो । भारत दुई अंकमै शीर्ष स्थानमा छ । अब भारतले बुधबार रातिको खेलमा बंगलादेशको सामना गर्नेछ ।
