करातेका डेढ दर्जन पदकधारी सम्मानित

विजयी दशमीको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरूलाई सम्मानित गरिएको हो ।

आश्विन ८, २०८२

कान्तिपुर संवाददाता

One and a half dozen karate medalists honored

काठमाडौँ — दक्षिणकाली नगरपालिका–८ छैमलेस्थित भत्तेचौर सितोरियो कराते डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका कराते खेलाडीलाई सम्मान गरेको छ ।

विजयी दशमीको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरूलाई सम्मानित गरिएको हो ।

सम्मानित खेलाडीमा एरिका गुरुङ, सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, वर्षा बुढा मगर, स्वनिम मानन्धर, सानुमाया थिङ, मनीष कार्की, सन्जु देशार, निरुपमा दोङ तामाङ, अञ्जली महर्जन, एलोन श्रेष्ठ, मीनबहादुर तामाङ, मोहम्मद शेखु आलम, तेन्जिङ शेर्पा, प्रदीप बैजाली मगर, लिजन साउद र एलिसा रास्कोटी मगर छन् ।

त्यस्तै प्रशिक्षक कुशल श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ, अमिर राना र तारा गुरुङलाई सम्मान गरिएको थियो ।

उनीहरूलाई डोजोका अध्यक्ष कृष्णकुमार पौडेल, संरक्षक सुदीप आचार्य, सल्लाहकार विष्णु बाँस्तोलालगायतले सम्मान गरे ।

One and a half dozen karate medalists honored

कान्तिपुर

Link copied successfully