नेपाल र वेस्ट इन्डिजबीचको खेल कान्तिपुर टेलिभिजनमा

सम्झौताअनुसार शनिबार खेलिने प्रतियोगिताको पहिलो खेल कान्तिपुर टेलिभिजन तथा सोमबार र मंगलबार हुने दुई खेल कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

आश्विन ८, २०८२

कान्तिपुर संवाददाता

Match between Nepal and West Indies on Kantipur Television

काठमाडौँ — यूएईमा शनिबार सुरु हुने नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२०आई सिरिज युनिटी कपको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजन र कान्तिपुर म्याक्सबाट हुने भएको छ ।

टेलिभिजन प्रसारण अधिकारका लागि बुधबार कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर र रुटिन अफ नेपाल बन्द प्रालिका विवेक मिश्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

युनिटी कप टेलिभिजनमा कान्तिपुर टेलिभिजन र कान्तिपुर म्याक्स तथा युट्युबमा ‘रुटिन अफ नेपाल बन्द’मा प्रत्यक्ष प्रसारण हुनेछ । सम्झौताअनुसार शनिबार खेलिने प्रतियोगिताको पहिलो खेल कान्तिपुर टेलिभिजन तथा सोमबार र मंगलबार हुने दुई खेल कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

कान्तिपुर म्याक्सले खेलकुदप्रेमी नेपाली दर्शकको सुविधालाई मध्यनजर गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल), विम्बल्डन टेनिस प्रत्यक्ष प्रशारण गरिसकेको छ । हाल कान्तिपुर म्याक्समा विश्व क्लब फुटबलको सर्वाधिक लोकप्रिय इंग्लिस प्रिमियर लिग प्रत्यक्ष प्रसारण भइरहेको छ ।

नेपालको प्रतिष्ठित खेलकुद च्यानलको रूपमा आफूलाई रूपान्तरण गरिरहेको कान्तिपुर म्याक्सले नेपाली पुरुष तथा महिला राष्ट्रिय क्रिकेट टिमले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगितासहित फुटबल, भलिबल र अन्य खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully