इसाकको गोलले लिभरपुलको जित

खेल सकिन पाँच मिनेट अगाडि ह्युगो एकिटिकेले निर्णायक गोल गरे । तर त्यस लगतै उनी रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे ।

आश्विन ८, २०८२

कान्तिपुर संवाददाता

Isaac's goal wins Liverpool

काठमाडौँ — एलेक्जान्डर इसाकले आफ्नो नयाँ क्लबका लागि पहिलो गोल गरेपछि लिभरपुलले मंगलबार साउथह्याम्पटनलाई २–१ ले हराएको छ र लिगकपको तेस्रो चरणमा प्रवेश गरेको छ । इसाकले ४३ औं मिनेटमा गोल गरेका हुन् ।

साउथह्याम्पटनका लागि सि चार्ल्सले ७६ औं मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो । खेल सकिन पाँच मिनेट अगाडि ह्युगो एकिटिकेले निर्णायक गोल गरे । तर त्यस लगतै उनी रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे ।

अन्य खेलमा चेल्सीले लिन्कन सिटीलाई २–१ ले हरायो भने एभरटन उल्भ्सको हातबाट २–० ले पराजित रह्यो । यस्तै अन्य प्रमुख खेलमा ब्राइटनले ब्रान्सलीलाई ६–० र कार्डिफ सिटीले बर्नलीलाई २–१ ले हरायो ।

कान्तिपुर

Link copied successfully