नेपालको सबैभन्दा ठूलो घरेलु प्रतियोगिताअन्तर्गत रहेको पीएमएनएसमा होराले अन्तिम खेलमा सानदार कमब्याक गरेर प्रतियोगिता सुखद रूपमा टुंग्याएको हो ।
काठमाडौँ — होरा ई–स्पोर्टस् तेस्रो संस्करणको पब्जी मोबाइल नेपाल सिरिज (पीएमएनएस) को च्याम्पियन भएको छ ।
नेपालको सबैभन्दा ठूलो घरेलु प्रतियोगिताअन्तर्गत रहेको पीएमएनएसमा होराले अन्तिम खेलमा सानदार कमब्याक गरेर प्रतियोगिता सुखद रूपमा टुंग्याएको हो ।
होराले कुल १४८ अंक जोड्यो । उसले स्थानका आधारमा ६२ अंक पाएको थियो भने ८६ एलिमिनेसन गरी त्यति अंक जोडेको हो । उपाधिसहित होराले १ हजार २ सय ५० अमेरिकी डलर पुरस्कार जितेको छ । होराका सुरज लामा (नो फियर) सर्वोत्कृष्ट खेलाडी बनेका थिए ।
११८ अंकसहित डीआरएस गेमिङ दोस्रो स्थानमा रह्यो । नेपालको अर्को बलिया टिम नेपेक्सले ११८ अंक बटुल्यो । १६ टोली सहभागी बनेको फाइनल चरणको अन्तिम दिन होरा, डीआरएस, नेपेक्स र एचएल एक्स उपाधिका लागि कडा प्रतिस्पर्धा भएको थियो ।
मंगलबार दोस्रो दिनको समाप्तिमा होरा ८९ अंकसहित शीर्षस्थानमा थियो भने दोस्रो स्थानको डीआरएस २ अंकले मात्रै पछि थियो । तेस्रो स्थानको एचएल एक्सले ८२ अंक बटुल्दै शीर्ष दुई टिमलाई दबाबमा राखेको थियो । दक्षिण एसियाली छनोटबाट पब्जी मोवाइल सुपर लिग (विश्व च्याम्पियनसिपको दक्षिण र सेन्ट्रल एसिया छनोट (पीएमएसएल) मा छनोट भइसकेको नेपेक्सले दोस्रो दिनमा ६९ अंक मात्रै जोडेको थियो ।
यद्यपि उसका लागि अर्को महिना युएईमा हुने पीएमएसएलका लागि राम्रो तयारी भएको छ । पीएमएसएलका लागि नेपालबाट होरा, नेपेक्स र फो वाइ आरजेले स्थान बनाएका छन् ।
इराङ्गल र मिरामारमा समान दुई खेल भएको थियो भने एक खेल सनुक म्याप्समा भएको थियो । दिनको पहिलो खेलमा नेपेक्स विजयी भएको थियो । दोस्रो खेलमा रैला ब्रोले १८ अंकसहित चिकन डिनर गर्यो । तेस्रो खेलमा होरा ई–स्पोटर््स विजयी भएको थियो भने चौथो खेलमा १७ अंकसहित बाग ई–स्पोटर््सले चिकन डिनर गर्यो । पाँचौं खेलमा सानदार चिकन डिनरसँगै फराकिलो अग्रता बनाएर उपाधि आफ्नो बनाएको हो ।
