एसियाली एक्वाटिकमा नेपालका १६ खेलाडीले भाग लिने  

सेप्टेम्बर २८ देखि अक्टोबर ११ सम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले भाग लिने छन् ।

आश्विन ८, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — एसियाली एक्वाटिक च्याम्पियनसिपको ११ औं संस्करणमा भाग लिन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रबार भारतको अहमदाबाद जाने भएको छ ।

सेप्टेम्बर २८ देखि अक्टोबर ११ सम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले भाग लिने छन् ।

पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन महर्जन, अभिभ प्रधान, रेवन्तबहादुर श्रेष्ठ, जाडेन श्रेष्ठ, निर्णय थापा, अथर्व सिंह र वशिष्ठराज शाहीले प्रतिस्पर्धा गर्ने छन् । महिलामा आर्या महर्जन, टिसा महर्जन, अदिप्शा वैद्य, श्रेणु महर्जन र वैनभी श्रेष्ठले भाग लिने छन् ।

प्रशिक्षकमा शंकर कार्की, अफिसियलमा दीपक सागर, नविना श्रेष्ठ, सुमन महर्जन र इन्द्रजित राजभण्डारी तथा निर्णायकमा विष्णु खड्का क्षेत्री र अनिश महर्जन छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully