यू-१७ साफ च्याम्पियनसिप : नेपालको प्रतिद्वन्द्वी भारत

भारतले प्रतियोगिताको समूह ‘ए’ जितेपछि सेमिफाइनलको यो समीकरण तयार भएको हो । नेपाल समूह ‘ए’ को उपविजेता हो ।

आश्विन ६, २०८२

कान्तिपुर संवाददाता

U-17 SAFF Championship: India vs Nepal

काठमाडौँ — नेपालले यू-१७ साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ । भारतले प्रतियोगिताको समूह ‘ए’ जितेपछि सेमिफाइनलको यो समीकरण तयार भएको हो । नेपाल समूह ‘ए’ को उपविजेता हो ।

समूह ‘ए’ को विजेता बंगलादेशले भने अर्को सेमिफाइनलमा पाकिस्तानको सामना गर्नेछ । पाकिस्तान आफ्नो समूहका विजेता रह्यो । भारतले सोमबार कोलम्बोको रेस कोर्स मैदानमा भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–२ ले हरायो ।

यस जितसँगै भारतले समूह जितेको हो । भारतका लागि रहान अहमदले निर्णायक गोल गरे । दुवै सेमिफाइनल बिहीबार हुनेछन् । समूह चरणमा नेपालले श्रीलंकालाई २–० ले हराएको थियो भने बंगलादेशसँग ४–० ले पराजित भएको थियो ।

कान्तिपुर

Link copied successfully