रियललाई पछ्याउँदै बार्सिलोना

रियल पाँच खेलबाट १५ अंक बटुल्दै शीर्षमा रहेको छ भने बार्सिलोना उसको पछाडि १३ अंकमा रहेको छ ।

आश्विन ६, २०८२

कान्तिपुर संवाददाता

Barcelona chasing Real

काठमाडौँ — फेरान टोरेसले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार राति गेटोफेलाई सजिलै ३–० ले हराएको छ र यससँगै शीर्षमा रहेको रियल म्याड्रिडलाई पछ्याउने काम जारी राख्यो । क्याटलान क्लबका लागि डानी ओल्मोले पनि एक गोल गरे ।

रियल पाँच खेलबाट १५ अंक बटुल्दै शीर्षमा रहेको छ भने बार्सिलोना उसको पछाडि १३ अंकमा रहेको छ । एटलेटिको म्याड्रिडको सिजनमा खराव सुरुआत कायम रह्यो र उसले रियल मार्लोकासँग निराशाजनक १–१ को बराबरी खेल्यो ।

जुलियन अल्भारेज पेनाल्टीमा गोल गर्न चुकेपछि एटलेटिको एक अंकमै चित्त बुझाउन बाध्य रहेको हो । उसको पाँच खेलबाट छ अंक मात्र भएको छ र लिग तालिकाको १२ औं स्थानमा रहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully