चेल्सीलाई हराएपछि युनाइटेडलाई राहत

यो जितपछि युनाइटेडको सात अंक भएको छ र दसौं स्थानमा उक्लेका छ ।

आश्विन ५, २०८२

कान्तिपुर संवाददाता

Relief for United after beating Chelsea

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार राति चेल्सीलाई २–१ ले हराएको छ । यो जितले युनाइटेड र उसका प्रशिक्षक रुबेन एमोरिमलाई राहत हुनेछ ।

ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलले अग्रता लिएको थियो । त्यसपछि कासेमिरोले दोस्रो गोल थपे । खेलको अन्त्यतिर ट्रेभोह चालोबहले चेल्सीका लागि एक गोल फर्काए । यो जितपछि युनाइटेडको सात अंक भएको छ र दसौं स्थानमा उक्लेका छ । 

चेल्सी भने आठ अंकमा छैटौं स्थानमा छ । शनिबारका अन्य खेलमा फुलहमले ब्रेन्टफोर्डलाई ३–१, लिड्स युनाइटेडले उल्भ्सलाई ३–१ र क्रिस्टल प्यालेसले वेस्ट ह्यामलाई २–१ ले हरायो । यस्तै ब्रायटन र टोटनहमले २–२ र बर्नली र नटिङ फरेस्टले १–१ को बराबरी खेले । 

कान्तिपुर संवाददाता

Link copied successfully