यो जितपछि रियलको पाँच खेलबाट १५ अंक भएको छ ।
काठमाडौँ — रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा इस्पनयोललाई २–० ले हराएर आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्यो । यो जितपछि रियलको पाँच खेलबाट १५ अंक भएको छ ।
यो जितमा रियलका लागि इडेर मिलिटाओ र केयलिन एमबापेले एक एक गोल गरे । हारपछि इस्पनयोल १० अंकमा चौथो स्थानमा कायम रह्यो ।
शनिबारका अन्य खेलमा लेभान्टेले जिरोनालाई ४–०, सेभियाले डेपार्टिभो एलाभेसलाई २–१, भिल्लारियलले ओसाुनालाई २–१ तथा भ्यालेन्सिायले एथलेटिको बिलबाओलाई २–० ले पराजित गर्यो ।
