युडिनेजीलाई हराएर मिलान तेस्रोमा

मिलानका लागि क्रिस्टियन पुलिसिचले ३९ र ५३ औं मिनेटमा दुई गोल गरे ।

आश्विन ५, २०८२

कान्तिपुर संवाददाता

Milan beat Udinese to third

काठमाडौँ — एसी मिलानले इटालीको सिरी ए मा शनिबार युनिडेजीलाई सजिलै ३–० ले पराजित गर्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ । मिलानका लागि क्रिस्टियन पुलिसिचले ३९ र ५३ औं मिनेटमा दुई गोल गरे ।

यस्तै योसुफ फोफानाले ४६ औं मिनेटमा एक गोल थपे । यो जितपछि मिलानको नौ अंक भएको छ । युभेन्ट्स १० अंकसहित शीर्ष स्थानमा र उसले अर्को खेलमा भेरानासँग १–१ को बराबरी खेल्यो ।

यो नतिजासँगै युभेन्ट्सको शतप्रतिशत प्रदर्शनका पूर्ण विराम लागेको छ र टिम १० अंकमा सीमित रह्यो । यस्त बोगोल्नाले भने जेनोआलाई १–० ले पराजित गर्‍यो । 

कान्तिपुर

Link copied successfully