खेल पत्रकार शर्माको रामदीमा अन्त्येष्टि

केही वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका उनी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा पाल्पाका संस्थापक अध्यक्ष हुन् । ५३ वर्षीय शर्माका श्रीमती एक छोरा र एक छोरी छन् ।

आश्विन ५, २०८२

कान्तिपुर संवाददाता

Funeral of sports journalist Sharma in Ramadi

भैरहवा — लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकार मनोरञ्जन शर्माको आइतबार रामदीमा अन्त्येष्टि गरिएको छ । उनको शनिबार भैरहवा सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

केही वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका उनी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा पाल्पाका संस्थापक अध्यक्ष हुन् । ५३ वर्षीय शर्माका श्रीमती एक छोरा र एक छोरी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार शोक वक्तव्य जारी गर्दै नेपाली खेलकुद पत्रकारिताले एक योग्य व्यक्तित्व गुमाएको जनाएको छ । तीन दशक पत्रकारितामा सक्रिय शर्माले एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद (साग) लगायतको अन्तर्राष्ट्रिय प्रतियोगितामा रिपोर्टिङ गरेका थिए । उनले भैरहवालाई कमर्थलो बनाएर पत्रकारिता गरिहरेका थिए । 

मञ्चका महासचिव अञ्जन खड्काद्वारा जारी शोक वक्तव्यमा शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

कान्तिपुर

Link copied successfully